पोखरा देखि चिनको छिन्दु सम्म सुरु गरिएको व्यावसायिक चार्टर हवाई उडानको सन्दर्भमा विशेष कुराकानी
वृद्धिमुखी उद्यमशिलता तथा रोजगार प्रवर्द्धन कार्यक्रमको त्रिपक्षीय सम्झौता समारोह
Welcome & Interaction with Mr. Mathias Herzog (Son of Maurice Herzog, First Climber of Annapurna I)
स्वागत, बिदाई तथा फेरी भेटौंला कार्यक्रम
Special Honours to Resident Mountaineers of Gandaki Pradesh
Special Honours to Resident Mountaineers of Gandaki Pradesh
हाम्रो बारेमा
मन्त्रालयको पृष्ठभूमी
मिति २०७५।११।०४ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत उद्योग, वाणिज्य र उपभोक्ता हित संरक्षणका लागि एउटा निर्देशनालय, पोखरामा एउटा पर्यटन कार्यालय र ११ वटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयहरू स्थापना गरी कार्य सञ्चालन गरिएको थियो । मिति २०७८।०२।०५ मा पर्यटन, उद्योग र वाणिज्यको कार्यजिम्मेवारी सहित पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्थापना भयो र वन तथा वातावरणको कार्यविभाजन अलग मन्त्रालयमा रहने गरी कार्यजिम्मेवारी विभाजन भयो । यसै बीच मिति २०७९।०५।२० को मन्त्रीपरिषदको निर्णयानुसार पर्यटन कार्यालय, पोखरालाई खारेज गरी पर्यटन को समेत जिम्मेवारी सम्पूर्ण जिल्ला कार्यालयहरुले गर्ने गरी जिल्लाका सवै कार्यालयको नाम पर्यटन तथा उद्योग कार्यालय कायम भयो । यसैक्रममा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको नाम पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मिति २०८२।०५।१५ को निर्णयानुसार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको समेत कार्य जिम्मेवारी जिल्ला स्थित कार्यालयले सम्पादन गर्ने गरी साविक पर्यटन तथा उद्योग कार्यालयको नाम एकीकृत सेवा कार्यालय कायम गरी हाल कार्य सम्पादन हुँदै आईरहेको छ । यस निर्णयबाट साविक पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज भएको छ ।
गण्डकी प्रदेश कार्यविभाजन नियमावली, २०७४ अनुसार यस मन्त्रालयको कार्यजिम्मेवारीः
पर्यटन विकासको नीति, कानून, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, प्रवर्द्धन र नियमन
प्राकृतिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक, साहसिक र अन्य पर्यटन सम्वन्धी
पर्यटक प्रहरी व्यवस्थापन
पर्यटकीय होटेल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी, गाइड, र्याफ्टिङ आदिको दर्ता, अनुमति, नविकरण र नियमन
होमस्टे सम्वन्धी नीति, कानून, मापदण्ड निर्धारण तथा विकास प्रवर्द्धन नियमन
पर्यटकीय पूर्वाधार, गन्तव्य र उपजको विकास, विविधिकरण, प्रवर्द्धन र नियमन
पर्यटकीय सेवाको विकास, विविधिकरण, प्रवर्द्धन र नियमन
पर्यटन सेवाको ब्राण्डिङ र प्रवर्द्धन
पर्यटन क्षेत्रको स्थानीय अर्थतन्त्रसंग अग्र र पृष्ठ सम्वन्ध विकास र विस्तार
व्यापार, वाणिज्य र बजार प्रतिस्पर्धा सम्वन्धी प्रदेश नीति, कानून, मापदण्ड तथा योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन र सेन्डिकेट तथा कार्टेलिङ नियन्त्रण
प्रादेशिक व्यापार सम्वन्धी पुर्वाधार निर्माण, प्रवर्द्धन, सहजीकरण, बजार अनुगमन, समन्वय, तथ्याङ्क प्रणाली, बौद्धिक सम्पत्ति संरक्षण, अध्ययन तथा अनुसन्धान
ढुवानी र परिवहन प्रणाली तथा कार्गो व्यवस्थापन
आर्थिक तथा औद्योगिक विषयमा करार जन्य सम्झौता
व्यापारिक फार्महरुको दर्ता, नविकरण, खारेजी र नियमन
खानी तथा खनिज पदार्थको अन्वेषण सम्वन्धी प्रदेश नीति, कानून र मापदण्ड
भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा सम्वन्धी कार्य
प्रदेशका कल कारखाना र औद्योगिकरणको सम्वन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन ।
उद्योग दर्ता, अनुमति, नविकरण एवम् खारेजी र औद्योगिक विकास तथा औद्योगिक व्यवसायको प्रवर्द्धन र नियमन
प्रदेशस्तरको औद्योगिक क्षेत्रको भौतिक पूर्वाधार विकास सम्वन्धी योजना तर्जुमा र कार्यान्वयन तथा औद्योगिक क्षेत्र विशेष क्षेत्रको स्थापना, सञ्चालन र बिस्तार
औद्योगिक वस्तुको निर्यात प्रवर्द्धन
उपभोक्ता हित संरक्षण तथा प्रवर्द्धन, उपभोक्ता जागरण कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन
मूल्य र कालोबजारी तथा कृत्रिम अभाव नियमन्त्रण तथा नियमन
सङ्घीय मापदण्ड अनुसार स्टाण्डर्ड नापतौल, गुणस्तर परीक्षण र नियमन
प्रदेश तथा जिल्लास्तरका उपभोक्ता अदालत गठन र सञ्चालन
सार्वजनिक सेवा, अत्यावश्यक सेवा र वस्तुको माग र आपूर्ति सम्वन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, नियमन, सूचना सङ्कलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था, मौज्दात व्यवस्था र आपूर्तिमा अन्तरप्रदेश र स्थानीय तहबीच समन्वय
लक्षित क्षेत्र र वर्गका लागि वस्तु तथा सेवामा प्रादेशिक अनुदान र नियमन
करार साझेदारी र एजेन्सी सम्वन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
सङ्घ संगको समन्वयमा कम्पनी स्थापना सम्वन्धी नीति, कानून तर्जुमा तथा कार्यान्वयन, नियमन र कम्पनि प्रशासन ।
दामासाहीमा परेका उद्योग, व्यवसायी, कम्पनी तथा फर्म व्यवस्थापन सम्वन्धी नीति कानून मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन
प्रदेश स्तरमा हानिकारक पदार्थहरुको नियमन तथा व्यवस्थापन
प्रदेशस्तरमा इन्धनको गुणस्तर अनुगमन
सङ्घीय कानून बमोजिम क्यासिनो तथा चिठ्ठा दर्ता, अनुमति र नियमन सम्वन्धी
प्रदेशभित्रका साना, मझौला, घरेलु तथा लघु उद्योगहरु स्थापना र प्रवर्द्धन सम्वन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन
औद्योगिक तथा व्यापार प्रदर्शनीको आयोजना तथा व्यवस्थापन
उद्योगमा श्रममूलक प्रविधि र नेपाली श्रमिकहरु उपयोग
स्वरोजगारका लागि उद्यमशीलता विकास, प्रशिक्षण, सहुलियत कर्जा र व्यवसाय प्रवर्द्धन सहायता ।