• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • ०६१ ५८७९८२,५८७९९७,५८८१३५, ५८८२५८
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English
official-logo

गण्डकी प्रदेश सरकार

उद्योग तथा पर्यटन मन्त्रालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag
  • हाम्रो बारेमा
    • कर्मचारीहरु
    • हाम्रो बारेमा
    • मातहतका निकाय
    • पूर्व सचिवहरू
    • पुर्व मन्त्रीहरु
  • सूचना तथा समाचार
  • मौजुदा कानून
    • ऐन
    • नियमावली
    • कार्यविधि
    • मापदण्ड
  • प्रकाशन
    • बार्षिक नीति तथा कार्यक्रम
    • बार्षिक विकास कार्यक्रम
    • बार्षिक प्रगति पुस्तिका
  • स्वतः प्रकाशन
  • डाउनलोड
    • अन्य प्रकाशनहरु
  • मिडिया सेन्टर
    • एल्बमहरु
    • भिडियोहरु
  • गुनासो / प्रतिक्रिया
  • सम्पर्क
  • सूचना प्रणाली
    • उद्योग तथा वाणिज्य सफ्टवयर
    • जि आई ओ एम एस
    • ईमेल प्रणाली
    • सार्वजनिक दर्ता प्रणाली
  1. गृहपृष्ठ
  2. सूचना तथा समाचार
  3. प्रेस विज्ञप्ति - २०८३ श्रावण १५ गते - कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई), स्वदेशी तथा विदेशी आरोहीहरू बेपत्ता भएको सम्बन्धमा ।

प्रेस विज्ञप्ति - २०८३ श्रावण १५ गते - कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई), स्वदेशी तथा विदेशी आरोहीहरू बेपत्ता भएको सम्बन्धमा ।



प्रेस विज्ञप्ति

पाकिस्तानमा अवस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोका कारण म्याग्दीका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) तथा गोरखाका आईएफएमजीए (IFMGA) गाइड युक्त गुरुङसहित १० जना स्वदेशी तथा विदेशी आरोहीहरू बेपत्ता भएको दुःखद खबरले गण्डकी प्रदेश सरकार एवम् उद्योग तथा पर्यटन मन्त्रालयलाई स्तब्ध र मर्माहत बनाएको छ।

पर्वतारोहणको क्षेत्रमा नेपाल र विश्वमै विशिष्ट पहिचान बनाउन सफल साहसी आरोहीहरू सम्मिलित यस टोलीमा नेपाल, पाकिस्तान, ओमान, चीन, संयुक्त राज्य अमेरिका लगायतका विभिन्न देशका आरोहीहरू रहेका छन्। साहसिक पर्यटन र पर्वतारोहण क्षेत्रमा अपूरणीय योगदान पुर्‍याउँदै आएका हाम्रा होनहार आरोहीहरू हिमालको यो प्राकृतिक विपत्तिमा पर्नु सम्पूर्ण गण्डकी प्रदेशका साथै राष्ट्रकै लागि ठूलो चिन्ता र दुःखको विषय हो।

यस विषम घडीमा मन्त्रालयको तर्फबाट निम्न कुराहरू स्पष्ट पार्न र अनुरोध गर्न चाहन्छौँ:

  • खोज तथा उद्धारको पहल: घटनालगत्तै नेपाल सरकारको परराष्ट्र मन्त्रालय, पाकिस्तानस्थित नेपाली दूतावास र सम्बन्धित कूटनीतिक निकायहरूसँग निरन्तर समन्वय गरी हेलिकप्टर, ड्रोन तथा स्थलगत उद्धार टोली परिचालन गरेर खोज तथा उद्धार कार्यलाई तीव्रता दिन अनुरोध गर्दछौँ।
  • परिवारजनप्रति सहानुभूति: बेपत्ता हुनुभएका आरोहीहरूका परिवार, आफन्तजन तथा पर्वतारोहण क्षेत्रसँग सम्बद्ध सम्पूर्ण समुदायप्रति गण्डकी प्रदेश सरकार गहिरो सहानुभूति व्यक्त गर्दछौँ।
  • सकुशल उद्धारको कामना: प्रतिकूल मौसमका बाबजुद जारी उद्धार कार्य शीघ्र सफल भई बेपत्ता हुनुभएका सम्पूर्ण आरोहीहरूको सकुशल उद्धार हुनेछ भन्ने आशा र प्रार्थना गर्दछौँ।

गण्डकी प्रदेश सरकार आफ्ना साहसी नागरिक र अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको जीवन रक्षाका लागि संघीय सरकारसँग सहयोग र समन्वय गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।

 

माननीय यशोदा रिमाल

मन्त्री

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश

मिति: २०८३ साउन १५

तदनुसार: ३१ जुलाई २०२६

Download: प्रेस विज्ञप्ति - २०८३ श्रावण १५ गते - कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई), स्वदेशी तथा विदेशी आरोहीहरू बेपत्ता भएको सम्बन्धमा ।


Share Tweet Share
83
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरा नेपाल
  •   भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
  •   कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
  •   ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय फेवा ड्याम , पोखरा
  •   स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
  •   आर्थिक मामिला मन्त्रालय,गण्डकी प्रदेश ,पोखराा
  •   प्रदेश सभा , गण्डकी प्रदेश
  •   गण्डकी प्रदेश नीति तथा याेजना आयाेग
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
उद्योग तथा पर्यटन मन्त्रालय
गण्डकी प्रदेश, पोखरा, नेपाल

०६१ ५८७९८२,५८७९९७,५८८१३५, ५८८२५८

motics@gandaki.gov.np

https://motics.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd.
© Ministry of Industry and Tourism 2026