तालिम कार्यक्रम

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०७८।०७।११ र १२ गते (२ दिन) यस मन्त्रालय मातहतका ११ वटा घरेलु तथा साना उद्योग कार्यालय र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख एवं कर्मचारीहरुलाई विद्युतीय सेवा सञ्चालन (सफ्टवेयर प्रयोग) सम्वन्धी तालिम पोखरामा सञ्चालन गरिएको ।

विश्व पर्यटन दिवस 2078 (सेप्टेम्बर २७, 2021)

हरेक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन यस वर्ष विश्व पर्यटन संघले समावेशी विकासका लागि पर्यटन (Tourism for Inclusive Growth) भन्ने नारा तय गरेको थियो । सोही बमोजिम गण्डकी प्रदेश सरकारले पनि कोभिड-१९ को पहिलो र दोस्रो प्रभावको कारण थला परेको गण्डकी प्रदेशको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्नको लागि गण्डकी प्रदेश आन्तरिक तथा बाह्य…

पर्यटन क्षेत्र

पोखरा तथा समग्र गण्डकी प्रदेश पर्यटनको राम्रो सम्भावना भएको प्रदेश हो । मन्त्रालयले प्रदेशको पर्यटनलाई प्रवर्द्धन गर्नको लागि प्रमुख पर्यटकीय गन्तव्यहरु घोषणा गरी पूर्वाधार निर्माण गर्ने, प्रचार प्रसार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । होमस्टेलाई प्रदेशको गौरवको आयोजनाको रुपमा स्थापित गरी होमस्टेको पूर्वाधार निर्माण तथा क्षमता अभिवृद्धिका कार्यक्रम मार्फत होमस्टेलाई प्रवर्द्धन गर्दै आएको छ ।…

प्रदेशस्तरीय औद्योगिक क्षेत्र

नवलपरासी (ब सु पू) को कावासोती र देवचुलीको सिमा क्षेत्र (लोकाहा) र कास्कीको पोखरा ३३ (भोटेपोखरी, पूँडिटार) मा औद्योगिक क्षेत्र स्थापनाका लागि छनौट भएको । जग्गा प्राप्तिका विभिन्न प्रक्रिया पूरा गरी नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय) बाट जग्गा नापजाँच गरी नेपाल सरकारका नाउँमा श्रेस्ता कायम गर्नका लागि सम्बन्धित मालपोत कार्यालयमा लेखि…

एक स्थानीय तह एक उद्योग ग्राम

आ.व. २०७५।०७६ मा सबै ८५ वटा स्थानीय तहमा औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन भएको । उक्त अध्ययनले प्रदेशका ५१ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको सम्भावना देखाएको । अध्ययनका क्रममा १९ वटा स्थानीय तहले जग्गा सिफारिस गर्न नसकेका जग्गा सिफारिस भएका मध्ये १५ वटा स्थानीय तहमा आर्थिक, प्राविधिक, भौतिक तथा वातावरणीय दृष्ट्रीकोणले उद्योग ग्राम स्थापना गर्न…

उद्योग तथा वाणिज्यको वर्तमान अवस्था

करिब ६२ भन्दा बढी प्रकारका विषयगत व्यवसायहरु क्रियाशील रहेका । हाल सम्म गण्डकी प्रदेशमा दर्ता भएका औद्योगिक प्रतिष्ठानहरु (लघु, घरेलु तथा साना उद्योग) को संख्या जम्मा ७२५४५ रहेको । हालसम्म यस प्रदेशमा दर्ता भएका वाणिज्य फर्महरुको संख्या जम्मा ७९७३७ रहेको ।