पर्यटन क्षेत्र

पोखरा तथा समग्र गण्डकी प्रदेश पर्यटनको राम्रो सम्भावना भएको प्रदेश हो । मन्त्रालयले प्रदेशको पर्यटनलाई प्रवर्द्धन गर्नको लागि प्रमुख पर्यटकीय गन्तव्यहरु घोषणा गरी पूर्वाधार निर्माण गर्ने, प्रचार प्रसार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । होमस्टेलाई प्रदेशको गौरवको आयोजनाको रुपमा स्थापित गरी होमस्टेको पूर्वाधार निर्माण तथा क्षमता अभिवृद्धिका कार्यक्रम मार्फत होमस्टेलाई प्रवर्द्धन गर्दै आएको छ । प्रदेशमा ११० वटा प्रमुख पर्यटकीय गन्तव्यहरुको घोषणा गरी ती गन्तव्यहरुमा पूर्वाधार निर्माणको कामले निरन्तरता पाएको छ भने हाल सम्मा प्रदेश भित्र दर्ता भई सञ्चालनमा रहेका ३०८ वटा सामुदायिक होमस्टेहरुलाई पूर्वाधार निर्माण तथा क्षमता अभिवृद्धि  शिर्षकमा अनुदान प्रदान गरिएको छ । होमस्टेमा पूर्वाधार निर्माण अन्तर्गत सामुदायिक भवन, स्वागत गेट, भ्यू टावर, पदमार्ग, कोशेली घर, संग्रहालय लगायतका संरचनाहरुको निर्माण भएको छ भने क्षमता अभिवृद्धि तर्फ व्यवस्थापन तालिमहरु सञ्चालन भएका छन् । पर्यटन पूर्वाधारका कार्यक्रमहरु साविकमा डिविजन वन कार्यालय तथा भू तथा जलाधार व्यवस्थापन कार्यालयहरुबाट सञ्चालन हुँदै आएकोमा हाल पर्यटन कार्यालयबाट सञ्चालन भईरहेको छ । पर्यटन सेवा प्रवाह (पर्यटन सम्वन्धी उद्योगहरुको दर्ता, नविकरण, शुल्क आदि) पर्यटन कार्यालयबाट भई रहेको छ । ११ जिल्लाका एक-एकवटा पर्यटकीय गन्तव्यहरुको डि.पि.आर. तयार गरी पूर्वाधार विकासको कार्य सुरु भएको ।

सुचना अधिकारी

बिमल प्रसाद गौतम

सूचना अधिकारी मोबाइल नं : 9856017206 ईमेल : motics.gandaki@gmail.com
सम्पर्क विवरण

सम्पर्क नं
+९७७ ०६१ ५८७९८२
+९७७ ०६१ ५८७९९७
+९७७ ०६१ ५८८१३५
+९७७ ०६१ ५८८२५८

खुल्ने समय
आइतवार – बिहीबार : १० बजे – ५ बजे
शुक्रवार : १० बजे – ३ बजे

Copyright © 2025 MOTICS | Design & Developed By: EasySoftnepal