उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
संघीयता कार्यान्वयन संगै वि.सं. २०७४ सालमा प्रदेश सरकार गठन भए पछि यस प्रदेश भित्रको समग्र आर्थिक श्रोतको मेरुदण्ड तथा उपभोक्ताको दैनिक उपभोग्य वस्तु उपलब्ध गराई सेवा पुर्याउने, उद्योग व्यवसायको नियमन विकास तथा गुणस्तरीय सेवा सर्वसुलभ रुपमा उपभोक्ता बीचमा पुर्याउन, समग्र व्यवसायको उत्थान तथा विकास गर्ने तथा पर्यटनको प्रचुर सम्भावना रहेको यस प्रदेशमा पर्यटकलाई आकर्षिक गरी देशको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नु प्रदेश सरकारको मूल मर्म हो । गण्डकी प्रदेश सरकारको मिति २०७९।१०।०९ को निर्णयानुसार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको स्थापना भई कार्य सुरु भएको हो । यस अन्तर्गत प्रदेश स्तरमा पर्यटन, उद्योग, वाणिज्य, तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र मातहतका ११ वटा पर्यटन तथा उद्योग कार्यालयहरुबाट कार्य सम्पादन हुँदै आएको छ । कार्य सम्पादन गर्दा प्रदेश कानून नबनेको हकमा संघीय कानून बमोजिम र प्रदेश कानून बनिसकेको हकमा सोही बमोजिम कार्य सम्पादन हुँदै आएको छ ।
गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली (पाँचौं संशोधन), २०७४ अनुसार मन्त्रालयको कार्यजिम्मेवारीः
क्र.सं. | कार्य जिम्मेवारी |
१ | पर्यटन विकासको नीति, कानून, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, प्रवर्द्धन र नियमन |
२ | प्राकृतिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक, साहसिक र अन्य पर्यटन सम्वन्धी |
३ | पर्यटक प्रहरी व्यवस्थापन |
४ | पर्यटकीय होटेल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी, गाइड, र्याफ्टिङ आदिको दर्ता, अनुमति, नविकरण र नियमन |
५ | होमस्टे सम्वन्धी नीति, कानून, मापदण्ड निर्धारण तथा विकास प्रवर्द्धन नियमन |
६ | पर्यटकीय पूर्वाधार, गन्तव्य र उपजको विकास, विविधिकरण, प्रवर्द्धन र नियमन |
७ | पर्यटकीय सेवाको विकास, विविधिकरण, प्रवर्द्धन र नियमन |
८ | पर्यटन सेवाको ब्राण्डिङ र प्रवर्द्धन |
९ | पर्यटन क्षेत्रको स्थानीय अर्थतन्त्रसंग अग्र र पृष्ठ सम्वन्ध विकास र विस्तार |
१० | व्यापार, वाणिज्य र बजार प्रतिस्पर्धा सम्वन्धी प्रदेश नीति, कानून, मापदण्ड तथा योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन र सेन्डिकेट तथा कार्टेलिङ नियन्त्रण |
११ | प्रादेशिक व्यापार सम्वन्धी पुर्वाधार निर्माण, प्रवर्द्धन, सहजीकरण, बजार अनुगमन, समन्वय, तथ्याङ्क प्रणाली, बौद्धिक सम्पत्ति संरक्षण, अध्ययन तथा अनुसन्धान |
१२ | ढुवानी र परिवहन प्रणाली तथा कार्गो व्यवस्थापन |
१३ | आर्थिक तथा औद्योगिक विषयमा करार जन्य सम्झौता |
१४ | व्यापारिक फार्महरुको दर्ता, नविकरण, खारेजी र नियमन |
१५ | खानी तथा खनिज पदार्थको अन्वेषण सम्वन्धी प्रदेश नीति, कानून र मापदण्ड |
१६ | भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा सम्वन्धी कार्य |
१७ | प्रदेशका कल कारखाना र औद्योगिकरणको सम्वन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन । |
१८ | उद्योग दर्ता, अनुमति, नविकरण एवम् खारेजी र औद्योगिक विकास तथा औद्योगिक व्यवसायको प्रवर्द्धन र नियमन |
१९ | प्रदेशस्तरको औद्योगिक क्षेत्रको भौतिक पूर्वाधार विकास सम्वन्धी योजना तर्जुमा र कार्यान्वयन तथा औद्योगिक क्षेत्र विशेष क्षेत्रको स्थापना, सञ्चालन र बिस्तार |
२० | औद्योगिक वस्तुको निर्यात प्रवर्द्धन |
२१ | उपभोक्ता हित संरक्षण तथा प्रवर्द्धन, उपभोक्ता जागरण कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा अनुगमन |
२२ | मूल्य र कालोबजारी तथा कृत्रिम अभाव नियमन्त्रण तथा नियमन |
२३ | सङ्घीय मापदण्ड अनुसार स्टाण्डर्ड नापतौल, गुणस्तर परीक्षण र नियमन |
२४ | प्रदेश तथा जिल्लास्तरका उपभोक्ता अदालत गठन र सञ्चालन |
२५ | सार्वजनिक सेवा, अत्यावश्यक सेवा र वस्तुको माग र आपूर्ति सम्वन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, नियमन, सूचना सङ्कलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था, मौज्दात व्यवस्था र आपूर्तिमा अन्तरप्रदेश र स्थानीय तहबीच समन्वय |
२६ | लक्षित क्षेत्र र वर्गका लागि वस्तु तथा सेवामा प्रादेशिक अनुदान र नियमन |
२७ | करार साझेदारी र एजेन्सी सम्वन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन |
२८ | सङ्घ संगको समन्वयमा कम्पनी स्थापना सम्वन्धी नीति, कानून तर्जुमा तथा कार्यान्वयन, नियमन र कम्पनि प्रशासन । |
२९ | दामासाहीमा परेका उद्योग, व्यवसायी, कम्पनी तथा फर्म व्यवस्थापन सम्वन्धी नीति कानून मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन |
३० | प्रदेश स्तरमा हानिकारक पदार्थहरुको नियमन तथा व्यवस्थापन |
३१ | प्रदेशस्तरमा इन्धनको गुणस्तर अनुगमन |
३२ | सङ्घीय कानून बमोजिम क्यासिनो तथा चिठ्ठा दर्ता, अनुमति र नियमन सम्वन्धी |
३३ | प्रदेशभित्रका साना, मझौला, घरेलु तथा लघु उद्योगहरु स्थापना र प्रवर्द्धन सम्वन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
३४ | औद्योगिक तथा व्यापार प्रदर्शनीको आयोजना तथा व्यवस्थापन |
३५ | उद्योगमा श्रममूलक प्रविधि र नेपाली श्रमिकहरु उपयोग |
३६ | स्वरोजगारका लागि उद्यमशीलता विकास, प्रशिक्षण, सहुलियत कर्जा र व्यवसाय प्रवर्द्धन सहायता |
३७ | प्रदेशस्तरमा वन क्षेत्रको नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा कार्यान्वयन |
३८ | वन्यजन्तु र वन पैदावार ओसारपसार सम्बन्धी नियमन र अपराध नियन्त्रण |
३९ | वन, वनस्पति, वन्यजन्तु र जैविक विविधता सम्बन्धी प्रादेशिक संग्रहालय व्यवस्थापन |
४० | प्रदेशस्तरमा संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन |
४१ | जैविक विविधता पार्क, हात्तीसार तथा चिडियाखानाको व्यवस्थापन |
४२ | जडिबुटि खेती सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन तथा जडिबुटि खेती प्रविधि प्रवर्द्धन, प्रविधि प्रवर्द्धन, विस्तार तथा बजारीकरण, अध्ययन अनुसन्धान तथा तथ्याङ्क संकलन |
४३ | वन तथा वातावरण सम्बन्धी विषयमा प्राविधिक सूचना तथा सेवा प्रवाह |
४४ | वन अतिक्रमण तथा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी नीति, समन्वय र सहयोग |
४५ | प्रदेशस्तरका बनस्पती उधान तथा हर्वेरीयमहरुको व्यवस्थापन र वनस्पती पहिचान तथा अभिलेखीकरण सम्बन्धी नीति र व्यवस्थापन |
४६ | प्रदेशस्तरमा जैविक विविधताको अध्ययन, अनुसन्धान, व्यवस्थापन, नियमन, संरक्षण एवं लाभाशं बाँडफाँड |
४७ | प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीति, प्रविधि विकास, व्यवस्थापन |
४८ | प्रदेश भित्र भूस्खलन नियन्त्रण |
४९ | प्रदेशस्तरमा वातावरणीय संरक्षण तथा स्वच्छता सम्बन्धी प्रविधि विकास र व्यवस्थापन |
५० | प्रदेशस्तरमा वातावरण सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन र नियमन |
५१ | प्रदेशस्तरमा वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार र वातावरणीय सूचना प्रणालीको स्थापना |
५२ | प्रदेशस्तरमा वातावरणीय प्रयोगशाला स्थापना, सञ्चालन र व्यवस्थापन |
५३ | प्रदेशस्तरमा ठोस, वायु, तरल, जल, ध्वनी तथा विद्युतीय लगायत प्रदुषणको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन तथा नियन्त्रण |
५४ | प्रदेशस्तरमा न्यून कार्वनमूखी तथा वातावरणमैत्री विकास प्रक्रिया र हरित क्षेत्र प्रवर्द्धन |
५५ | प्रदेशस्तरमा वातावरणीय संरक्षण क्षेत्र तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन |
५६ | प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धी, वातावरणीय सुशासन तथा परिक्षण |
५७ | प्रदेशभित्र वातावरणीय क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धी, वातावरणीय सुशासन तथा परिक्षण |
५८ | संरक्षण क्षेत्र पहिचान र व्यवस्थापकीय पद्धति निर्धारण |
५९ | अन्तरप्रदेशीय नदी उकास तथा सडक किनारा वृक्षारोपण व्यवस्थापन |
६० | वृक्षारोपणको लागि दिगो तथा गुणस्तरीय विउ उत्पादन, विउ वगैचा संस्थापना र व्यवस्थापन |
६१ | प्रदेशभित्र बृक्षारोपण तथा सम्भार सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
६२ | प्रदेशभित्र जडिबुटि तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी व्यवस्थापन |
६३ | वन्यजन्तु र चराचुरुङ्गी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा कार्यान्वयन र नियमन |
६४ | ताल विकास प्राधिकरण र वन, वातावरण तथा भूसंरक्षण सम्बन्धी संघ संस्था |