हरेक वर्ष सेप्टेम्बर २७ का दिन मनाइने विश्व पर्यटन यस वर्ष विश्व पर्यटन संघले समावेशी विकासका लागि पर्यटन (Tourism for Inclusive Growth) भन्ने नारा तय गरेको थियो । सोही बमोजिम गण्डकी प्रदेश सरकारले पनि कोभिड-१९ को पहिलो र दोस्रो प्रभावको कारण थला परेको गण्डकी प्रदेशको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्नको लागि गण्डकी प्रदेश आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि खुला र सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेपाल स्थिति विभिन्न देशका राजदुतहरु र विकास साझेदारका प्रमुखहरुलाई गण्डकी प्रदेशमा आमन्त्रण गरी विश्व पर्यटन दिवस २०२१ मनाइयो । उक्त कार्यक्रममा राजदुत र विकास साझेदार संस्थाका प्रमुखहरलाई विभिन्न कार्यक्रमहरु मार्फत स्वागत गरिएको थियो र २ दिन सम्म पोखरा लगायतका स्थानहरुको भ्रमण गराइएको थियो । कार्यक्रम गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, पोखरा तथा पर्यटन संग सम्वद्ध व्यवसायीहरुको समन्वयमा सम्पन्न गरिएको थियो ।