- नवलपरासी (ब सु पू) को कावासोती र देवचुलीको सिमा क्षेत्र (लोकाहा) र कास्कीको पोखरा ३३ (भोटेपोखरी, पूँडिटार) मा औद्योगिक क्षेत्र स्थापनाका लागि छनौट भएको ।
- जग्गा प्राप्तिका विभिन्न प्रक्रिया पूरा गरी नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय) बाट जग्गा नापजाँच गरी नेपाल सरकारका नाउँमा श्रेस्ता कायम गर्नका लागि सम्बन्धित मालपोत कार्यालयमा लेखि आएको । नापी कार्यालयबाट काम हुन बाँकी । जग्गा प्राप्तिको विषय बाँकी हुँदा अन्य काम हुन नसकेको ।
- गत आ. व. २०७७।०७८ मा डिपीआरका लागि १५ लाख र दुबै क्षेत्रमा ५०/५० लाखका दरले पूर्वाधार विकासमा काम हुन बजेट बिनियोजन भएको । जग्गा प्राप्ति नभएको हुँदा डिपिआर हुन नसकेको । पूर्वाधार विकासको कामका लागि भू तथा जलाधार संरक्षण कार्यालय तनहुँलाई अख्तियारी दिइएको ।