गण्डकी प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ असार १८ गते लुम्लेमा माननीय मुख्यमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा गरेको उद्यमी लगानीकर्ता सम्मेलनमा कार्यक्रममा पर्यटन विज्ञ टीकाराम सापकोटाले ‘पर्यटन र उद्यमशीलता’, लक्की कार्की क्षत्रीले ‘लघुउद्यम र महिला उद्यमशीलता विकास’, योगराज कँडेलले ‘उद्योग वाणिज्य क्षेत्रमा लगानीका सम्भावना’ र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले ‘उत्पादन क्षेत्र र उद्यमशीलता’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।





